मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा एकै दिन ५२ हजार संक्रमित

भारतमा एकै दिन ५२ हजार संक्रमित


काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा झनै तिब्रमा फैलिएको छ । बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

यसअघि साउन ११ गते आइतबार भारतमा एकै दिनमा ५० हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त रेकर्डलाई तोड्दै पछिल्लो २४ घण्टामा ५२ हजार बढि संक्रमित थपिएका हुन् ।

बुधबार सबैभन्दा बढि आन्द्रप्रदेशमा संक्रमित भेटिएका छन् । जहाँ १० हजार ९३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मुम्बइमा ९ हजार २ सय ११, तमिलनाडुमा ६ हजार ४ सय २६, कर्णटकमा ५ हजार ५ सय ३, उत्तर प्रदेशमा ३ हजार ३ सय ८३ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७ सय ७९ जनाको मृत्यु भएको छ । मुम्बइमा मात्रै २ सय ९८ जनाको मृत्यु भएको छ । कर्णाटकमा ९०, आन्द्रप्रदेशमा ६५, पश्चिम बंगालमा ४१, दिल्लीमा २६ जनाको मृत्यु भएको छ ।