मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहीबार मात्रै विश्वमा ६ हजार कोरोना संक्रमितको मृ’त्यु

बिहीबार मात्रै विश्वमा ६ हजार कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । बिहीबार विश्वमा कोरोना संक्रमणका कारण करिब ६ हजारको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार ५ हजार ९९९ कोरोना संक्रमितको मृत्यु भएको छ । 

बुधबार ५ हजार २७४ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६२ हजार ९५ जनाको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या १ करोड ६८ लाख १२ हजार ७५५ पुगेको छ । सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । 

दक्षिण अफ्रिकामा मात्रै हालसम्म ४ लाख ७१ हजार १२३ मा कोरोना संक्रमण देखिसहकेको छ भने ७ हजार ४९७ को मृत्यु भइसकेको छ ।