मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना : संक्रमितको संख्या १६ लाख नजिक

भारतमा कोरोना : संक्रमितको संख्या १६ लाख नजिक


काठमाडौं । भारतमा केही दिन यता कोरोना संक्रमणको ग्राफ तीव्र गतिमा उकालो लागेको छ । पछिल्लो साता दैनिक ४५ हजारभन्दा धेरैका दरले कोरोना संक्रमित थपिरहेका छन् ।

साउन ८ गते ४५ हजार ७२०, ९ गते ४९ हजार ३१०, साउन १० गते ४८ हजार ९१६, ११ गते ४८ हजार ६६१, १२ गते ४९ हजार ९३१ र १३ गते ४७ हजार ७०३, १४ गते ४८ हजार ५१३, १५ गते ९हिजो० ५२ हजार १२३ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको छ । हालसम्म भारतमा कोरोना संक्रमणका कारण ३४ हजार ९६८ को मृत्यु भइसकेको छ । बिहीबार मात्रै ७७५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६२ हजार ९५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ६८ लाख १२ हजार ७५५ पुगेको छ ।

लकडाउन अन्त्य भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।