मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार मात्रै विश्वमा ६ हजार ८०० कोरोना संक्रमितको मृ’त्यु

शुक्रबार मात्रै विश्वमा ६ हजार ८०० कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । शुक्रबार विश्वमा कोरोना संक्रमणका कारण ६ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार ६ हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६८ हजार ९१० जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ ।  

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । 

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।