मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनका टोल/टोल र विद्यालयमा संञ्चालन हुने कक्षा रोकिने

मंगलसेनका टोल/टोल र विद्यालयमा संञ्चालन हुने कक्षा रोकिने


फाइल फोटो

अछाम।

मंगलसेन नगरपालिकाले अर्को सुचना जारी नभए सम्मका लागि नगर भित्रका सामुदायिक र निजि बिद्यालयलाई पुर्ण रुपमा पठन–पाठन रोक्न निर्देशन दिएको छ ।

नेपालमा हाल दिन प्रति दिन कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले विद्यालयले संञ्चालन गर्दै आईरहेका टोल– टोलमा र विद्यालयमा संञ्चालन भईरहेको पठन–पाठनले विद्यार्थि र समुदायमा कोरोना संक्रमण फैलिने जोखिम उच्च भएकाले अर्को सुचना नआएसम्म पुर्ण रुपमा कक्षा रोकिएका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहद्धारा जारी गरिएको सुचना मार्फत भनिएको छ ।

यतिबेला शिक्षक तथा कर्मचारीलाई विद्यालयको शैक्षिक गतिविधी, बार्षिक योजना निर्माण र वैकल्पिक सिकाई प्रणाली रेडियो, टिभि, अनलाईन मार्फत विद्यार्थिहरुलाई क्रियाशिल र सक्रिय बनाई राख्न समेत आग्रह गरिएको छ ।

यसअघि मंगलसेन नगरपालिकाले क्वारेन्टाईन बनाईएका सम्पुर्ण विद्यालयलाई खालि गरेर आवश्यक सरसफाई गरि तयारी अबस्था राख्न भनेको थियो ।

साथै भारतबाट आएका नगर भित्रका नागरिकलाई मंगलसेन नगरपालिकाको कृषि ज्ञान केन्द्रको भवनमा बनाईएको क्वारेन्टाईन स्थलमा राख्ने निर्णय समेत नगरले गरेको छ ।