मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्‍नेमा कुनै शंका छैन : भारत

गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्‍नेमा कुनै शंका छैन : भारत


काठमाडौं । भारतले गौतम बुद्ध नेपालमै जन्मिएका बताएको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सञ्‍चारकर्मीको प्रश्‍नको जवाफ दिँदै गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्‍नेबारे कुनै शंका नभएको बताएका छन् । 

उनले भने, “गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै शंका छैन ।”

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै गौतम बुद्ध महान भारतीय भनेर चिन्‍ने गरेको बताएका थिए । उनले भनेका थिए, “गौतम बुद्ध र महात्मा गान्धीलाई हामीले मात्र होइन विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।” 

यस विषयमा सञ्‍चारकर्मीको प्रश्‍नको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नै गौतम बुद्धको जन्मस्थानबारेको बहस आवश्यक नभएको र यसबारे अन्तर्राष्ट्रिय समुदाय जानकार भएको बताएको छ ।

परराष्ट्र मन्त्रालयले भनको छ, “यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहीत र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ ।”

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै गौतम बुद्ध नेपालमै जन्मिएको बताएका थिए ।