मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“युवा”

“युवा”


  • लक्ष्मण साँउद, धनगढी

उमेर ७० भए नि मस्तिष्क ७ को भएझैं फुइ लाउने युवा। जोस जागर र केही गर्ने आट भएका युवा। भाषण देखि शासन गर्ने देशका कर्णदार युवा। कोरोनालाइ जित्न सकेका तर शोषकलाई जित्न नसकेका युवा। समाज रुपान्तरणका निम्ति स्पष्ट मार्गदर्शन निर्माणमा होमिएका युवा। न्यायको निम्ति पेटिकोट देखि लास आन्दोलन गर्न सम्म भ्याउने युवा।

अन्यायका विरुद्ध सत्याग्रह देखि आमरण अनशन समेत बस्ने युवा। अन्यायमा परेका नागरिकको रक्षाका निम्ति विभिन्न परोपकारि संघ सस्थामा आवद्ध युवा। remote देखि robert चलाउनमा खप्पिस युवा। सडक देखि सदन सम्म बुलन्द आवाज उठाउने युवा। समृद्ध देश,अनि समृद्ध विश्व निर्माणका निम्ति निरन्तर गृहकार्यमा जुटिरहेका युवा।

सदन चलाउनुपर्ने बेलामा भान्सामै डाडु चलाइरहेका युवा। सुन्दर सपना पूरा गर्नका निम्ति खाडीको तातो रापले पिल्सिदै बेल्चाको सहयोगमा बालुवा अोसारि रहेका युवा। उन्मात नशाको तालमा समाज लगायत परिवारलाई तथानाम गालि गर्ने युवा। कृषि नै देशको मेरुदण्ड ठानि खेतीपाती,गाइबस्तु,कुटो कोदालि संग लडिबुडि खेलिरहेको युवा। सृर्जनशिल मस्तिष्कको अभाव विना देश समृद्ध बन्न सक्दैन भन्दै सृर्जनशिल नेतृत्वको दावेदार युवा।

साँस्कृतिक क्रान्तिबाट विकास सम्भव छ भन्दै अन्लाईन trending मा परिरहेका युवा। सकारात्मक सोच भएर पनि नकारात्मक जीवन जिइ रहेका युवा। आफ्नो र नेताको व्यत्तिगत स्वार्थ पुर्तिका निम्ति “ह” मा “ह” थप्ने झोले को उपमा पाएका लगनशील युवा। प्रेम वियोगमा प्रेमि र प्रमिका एउटै डोरिमा झुन्डिने युवा। फिल्मि पर्दामा अभिनय गर्न नभ्या पनि आफ्नो मोबाइल पर्दामा tik tok मार्फत रहर फिटाइ रहेका अभिनेता,अभिनेत्री युवा। रु १५ को ntc unlimited day voice pack र night pack को भरपुर सदुपयोग गर्नमा वेस्त युवा।

meme र troll creation मा अति वेस्त युवा। हर वाक्यमा कुरा काट्न र कुशल संरचना निर्माणका लागि section काट्न माहिर युवा। मोबाइललाई बन्दुक र शब्दलाई गोलि बनाउदै राष्ट्रियताको अभियानमा होमिएका online युवा। अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ।

लेखक साउद युवा अभियान्ता हुन।