मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत फेला


चितवन- चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलको दलदलमा फसेर एउटा गैंडा मरेको छ।

राप्तीको जोतुवा घाट नजिकै राप्तीदुन सामुदायीक वनको घोलको दलदलमा फसेर आज एउटा गैंडा मृत अबस्थामा फेला परेको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालका अनुसार अन्दाजी ७ वर्षको पोथी गैंडा मृत अबस्थामा फेला परेको हो।

चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेको यो दोस्रो गैंडा हो। यसअघि राप्ती नदीमा नै एउटा गैंडा मृत अबस्थामा फेला परेको थियो।

गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २६ गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ। रासस