मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनले गर्यो कर्जा मिनाहा सहीत बाढि पिडितलाई आर्थिक सहयोग

एनआरएनले गर्यो कर्जा मिनाहा सहीत बाढि पिडितलाई आर्थिक सहयोग


अछाम – एनआरएन लघुुबित्त बित्तिय संस्था लिमिटेडले रामारोशन गाउपालिका वडा नम्बर ५ सैनिबजारका बाढि पिडीतलाई कर्जा मिनाहा गर्नुका साथै राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

समुुहमा आबद्ध सैनिबजारका आफन्त गुुमाएका परिवार र ब्यापार तथा घर सबै गुमाएका ब्यक्तिलाई कर्जा मिनाहा र राहत उपलब्ध गराईएको बताईएको छ ।

लिमिटेड मार्फत ७ लाख ८० हजार बराबरको कर्जा मिनाहा र २ लाख ८० हजार आर्थिक सहयोग गरिएको शाखा कार्यालय मुुजाबगरका शाखा प्रबन्धक ललित रावलले जानकारी दिए ।

कर्जा मिनाहा तथा राहत वितरण कार्यक्रममा लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटाला, शाखा कार्यालय मुुजाबगरका शाखा प्रबन्धक ललित रावल, शान्तडा शाखा प्रमुख आनन्द शाही, कर्मचारी टेक बहादुर शाहीको उपस्थिती रहेको थियो ।