मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुमा नया रणनिति तय गर्दै सम्पन्न

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुमा नया रणनिति तय गर्दै सम्पन्न


अछाम – आर्थिक बर्ष २०७६/७७ अन्तर्गत स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको कमलबजारमा नया रणनिति तय गर्दै सम्पन्न भएको छ। कमलबजार नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो।

नगर प्रमुख बिस्ताले स्वास्थ्यकर्मिको योगदानले नगरपालिका स्वास्थ्य क्षेत्रमा फडको मार्न सफल भएको बताए। आगामि दिनमा पनि हामि सबैको एकदृष्टि भए नगरपालिका बिकासमा अघि बढ्ने उनको भनाइ थियो।

कार्यक्रममा नगरका सबै स्वस्थ्य संस्थ्मा आवश्यक पुर्बधार तथा जशक्ति पुरा गरि सेवा प्रदान गरीने रणनिति तय भएको छ। साथै नगरका सबै स्वास्थ्य संस्थाको कार्यसम्पादन सम्झोता समेत गरीएको छ।

समिक्षा गोष्टिको दोश्रो दिन कमलबजार नगरपालिका भित्र रहेका स्वास्थ्य इन्चार्ज हरुले अहिले सम्म भएका गतिबिधि हरुको बारेमा जानकारी गराएका थिए। गतिबिधि माथि सरोकारवालाले छलफल गरी आवश्यक सुझाब सल्लाह समेत दिएका छन्थि।

कार्यक्रममा कोरोना भाइरस नियन्त्रणमा पुरयाएको योगदानको कदर गर्दै नगरका सबै वडालाइ सम्मान पत्र प्रदान गरिएको छ।