मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरो ग्रस्त क्षेत्र रामारोशन भएको स्वास्थ्य शबिरमा करिब ४०० ले स्वास्थ्य सेवा पाए

बाढी पहिरो ग्रस्त क्षेत्र रामारोशन भएको स्वास्थ्य शबिरमा करिब ४०० ले स्वास्थ्य सेवा पाए


शिविरमा २० जना महिलामा पाठेघरको मुखको क्यान्सरको जाँच गरियो

अछाम ।

रामारोशन गाँउपालिकामा भएको स्वास्थ्य शबिरमा करिब ४०० जतिले स्वास्थ्य सेवा तथा परार्मश सेवा लिएका छन् । स्वास्थ्य कार्यालय अछामको आयोजना भएको शिबिरमा ३ सय १५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा पाएका स्वास्थ्य कार्यालय अछामका प्रमखु झनकराज ढुंगानाले बताए ।

रामारोशन गाउपालिका र प्रमुख जिल्ला अधिकारी ज्युको समन्वय र जिल्ला अस्पताल अछामको प्राबिधिक सहयोगमा सैनिबजार र धनेसल्लामा आयोजना भएको शिबिरमा ५९ जनाले स्वास्थ्य परार्मश सेवा लिएका प्रमुख ढुंगानाको भनाई छ ।

दुई स्थानमा सम्पन्न भएको स्वास्थ्य शिविरमा २० जना महिलामा पाठेघरको मुखको क्यान्सरको जाँच समेत गरिएको उनले जानकारी दिए । शिबिरमा आएका अधिकांस बिरामीहरू उच्च रक्तचापका, पेटदुख्ने समस्या, मानसिक समस्या, महिलाहरूमा तल्लो पेट दुख्ने समस्याका बढि देखिएको शिबिरमा सहभागि डा. प्रेम प्रसाद ढुंगानाले बताए ।

शिबिरमा रामारोशन गाउपालिका उपाध्यक्ष सरस्वती रावल, डा. प्रेम प्रसाद ढुंगाना, अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगर, सि.अ.न.मी. टीका शर्मा लगायतको टिम शिविरले शिबिर संचालन गरेको थियो ।