मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपिको १०७ औ जन्म जयन्तीको अवसरमा काङ्ग्रेस अछामद्वारा बिचार गोष्ठी आयोजना

बिपिको १०७ औ जन्म जयन्तीको अवसरमा काङ्ग्रेस अछामद्वारा बिचार गोष्ठी आयोजना


अछाम – नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बी पी कोईरालाको १०७ औं विपी जयन्तीकाे अबसरमा नेपाली काङ्ग्रेस अछामले बिपि बिचार गोष्ठीको आयोजना गरेको छ ।

नेपाली काङ्ग्रेस अछामले जन नायक बिपि कोइरालाको १०७ औं जन्म जयन्तीको अवशर पारी सम्पुर्ण नेता कार्यकर्ता हरु बीच बिपि बिचार गोष्ठी गरेको हो । नेपाली काङ्ग्रेस अछामका पाटी सचीव नम बहादुर शाहीको सभापतित्वमा भएको गोष्ठीमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति एवं महासमिति सदस्य पुष्प बहादुर शाह रहेका थिए ।

शाहले राष्ट्रको रक्षा रक्षा तथा राष्ट्रियताकालागि बीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले विपीकै प्रजातान्त्रिक समाजवादकै नेपाल प्रगतिको वाटोमा लम्किरहेको वताएका छन ।

विपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको महत्व र उपयोगीता २१ औ शताव्दीमा पनि उत्तिकै सान्र्दभिक रहेको चर्चा गरेका छन । काग्रेसका संस्थापन नेता विपी कोइरालाको विचार र सिद्धान्तलाई जनताको घरदैलोसम्म पुरयाउन सकेमात्र उहाँको सच्च अनुयायी हुनेमा उनीहरुले जोड दिएका छन ।

कार्यक्रममा नेपाली काँग्रेस कार्यक्रममा विशिष्ट अतिथ महासमिति सदस्य एवम् पन्चदेवल बिनायक नगरपालिका उपप्रमुख अम्बिका चलाउनेले रहनु भएको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी ,अछाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापति लक्ष्मण शाह, बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का ,नेपाली काङ्ग्रेस अछामका जिल्ला सदस्य नंयाराम बजगाइ, नेपाल प्रेस युनियन केन्द्रिय सदस्य राम बहादुर कुवर, पुर्व जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना लगायत लगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हरुलाइ स्वागत समेत गरिएको थियो । उक्त कार्यक्रम को संचालन नेपाली काङ्ग्रेस मंगलसैन नगर सभापति पुष्पराज भण्डारीले गर्नु भएको थियो।