मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नियमित उडान संख्या थप्‍ने सहमति भएको छ : मन्त्री भट्टराई

नियमित उडान संख्या थप्‍ने सहमति भएको छ : मन्त्री भट्टराई


काठमाडौं । सरकारले नियमित उडानको संख्या थप्‍ने निर्णय गरेको छ । उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, पर्यटनमन्त्री र श्रममन्त्रीबीचमा भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको पर्यटन मन्त्री योगेश भट्टराइले बताए । 

अब पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमती प्रदान गरिने उनले बताए । यस्तै कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ । 

श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने मन्त्री भट्टराईले जनाएका छन् । नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने उनले बताए ।

विदेशी अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संबेदनशील रहेको उनले जनाए । उनीहरुलाई स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्‍न बढाउदै लाने जनाइएको छ । – बारह्खरी