मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरा अस्पतालले २५ सयमै पीसीआर परीक्षण गर्दै

डडेल्धुरा अस्पतालले २५ सयमै पीसीआर परीक्षण गर्दै


डडेल्धुरा – डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पीसीआर परीक्षण गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने बताइएकाे छ ।

यसअघि अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पीसीआर रिपोर्ट दिने जनाएको थियो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयअनुसार याे शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

साधारण अवस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई त्याे शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए । डडेल्धुरा अस्पतालमा बिहीबारसम्म तीन कोरोना भाइरस सङ्क्रमित छन् ।

दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र बिहीबार दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए ।