मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा छोडी कांग्रेस प्रवेश गर्नेहरु लाई कांग्रेस रामारोशनले गर्यो स्वागत

नेकपा छोडी कांग्रेस प्रवेश गर्नेहरु लाई कांग्रेस रामारोशनले गर्यो स्वागत


अछाम – नेपाली कांग्रेस रामारोशन गाउँ पालिका कार्य समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको बैठकले यहि भाद्र २ गते रामारोशनमा आएको बाढी पहिरो पिडित हरुका लागि नेपाली कांग्रेसले सन्चालनमा ल्याएको राहत संकलन तथा उदार समितिको कोषमा हाल सम्म सहयोग गर्ने सम्पुर्ण सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै राहत संकलन कार्य लाई स्थानिय स्तर देखि सबै ठाउमा सशक्त बनाउने र बाढी पहिरो ले गरेको धनजनको क्षेतिको विबरण स्थानीय सरकार तथा प्रभावित क्षेत्रका जनता संग समन्वय गरि यथार्थ विवरण संकलन लागि पाटी स्थानिय नेता कार्यकर्ता जिम्मेवारी दिने निर्यण गरेको छ ।

साथै बैठकले बाढी पहिरो ले अवरुद्ध थुप्रै भौतिक भौतिक संरचनाको पुन निर्माण तथा पुन सुचारू का लागि सबै तहका सरकार संग जोडदार माग गर्नु का साथै सरकारले पुन निर्माण कार्यमा साथ तथा सहयोग गर्ने निर्णय पनि गरेको नेपाली कांग्रेस का युवा नेता पुष्प बिष्टले बताए ।

साथै सोही कार्यक्रम नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गर्ने रामारोशन गाउँ पालिका वडा न २ र ३ युवाहरुलाइ कांग्रेस मा स्वागत गरिएको छ। कार्यक्रम का प्रमुख अतिथि तथा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावलले नव प्रवेशिलाइ पाटीमा स्वागत गर्नु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य मान व साउद कांग्रेस क्षेत्र न२ प्रदेश सभा ख का सभापति पुर्ण रावल नेविसंघ पुर्व केन्दिय सदस्य चन्द विक शिक्षक संघ केन्द्रीय प्रतिनिधि काली बुढा भिम खत्री तरुण दलका जिल्ला कोषाध्यक्षमा रेमति साउद सह सचिव परेक देवकोटा नेविसंघ जिल्ला सदस्य दल बहादुर साउद महेश बटाला लगायतको सभागिता रहेको थियो।

नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विकको स्वागत मन्तव्य बाट सुरु भएको बैठकको सन्चालन गोपि प्रसाद खनालले गरेका थिए।