मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गममा बिरलै हुने जटिल शल्यक्रिया बयालपाटा अस्पतालमा सम्पन्न

दुर्गममा बिरलै हुने जटिल शल्यक्रिया बयालपाटा अस्पतालमा सम्पन्न


– डा. विकास गौचन

यो दशकको समयमा मैले बिभिन्न समयमा जटिल प्रकारका शल्यक्रियाको थुप्रै पटक सामना गर्नु परेको छ । त्यो प्रक्रिया एक चिकित्सक भएको नाताले बिरामीको ज्यान बचाउनमा मेरो प्रण सधैँ भईरहेको छ । यसै अन्र्तगत भाद्र २९ सोमबार राती बयालपाता अस्पतालमा दुर्गम जिल्ला बाजुराको त्रिबेणी नगरपालिकाको बिकट गाउकालीबाताकि २५ बर्षीय महिला पेट दुख्ने समस्या लिएर आईन् ।

तीन छोराछोरीकी आमा उनलाई स्वास्थ्य जांचको लागी बाजुरा जिल्लाको जिल्ला अस्पताल मार्तडी लगिएको रहेछ । त्यहाँ उनको शारीरिक जांच भएपछि ठुलो अस्पतालजानको लागी प्रेषण गरिएको रहेछ । बयालपाटा अस्पतालमा डा. विप्लव श्रेष्ठ डिउटीमा हुनु हुन्थ्यो, ऊहाले पनि जांच गरेपछि पेट भित्र रगत जमेको र त्यसको कारण पाठ्यघर बाहिर बसेको गर्भ फुटेको भन्ने निस्कर्षमा पुग्नु भयो र उहाँले मलाई शल्यक्रियाको लागी परामर्श माग्नु भयो । पाठ्यघर बाहिर बसेको गर्भ जब फुट्छ, धेरै रगत बगेमा र समयमा उपचार नपाएमा महिलाको मृत्यू हुन सक्छ । यसरी हुने मृत्यू पनि मातृ मृत्यूको धेरै कारण मध्ये एक हो ।

हामीले उहालाई जाचगर्दा गम्भीर रोग देखापर्यो । यो सानो उमेरमा शरीरमा एक दमकम रगत थियो । हामीले त्यसको कारण पत्ता लगाउन कोशिस गर्यौ । भिडियो एक्सरे गर्दा उहाको पेटमा धेरै रगत जम्मा भएको पायौ । पिसाबको जाच र भिडियो एक्सरे रिपोर्ट मिलाउदा उहा गर्भवती हुनु हुदो रहेछ ।

साधारणतया गर्भ पाठेघरमा रहन्छ, तर उनको गर्भ पाठ्घरको बाहिरी भागको दाहिने डिम्ब बाहिनीनलीमा बसेको थियो । गर्भ बढ्दै जाने क्रममा त्यो फुटेर पेट भित्र रगत जमेको बग्ने क्रम जारी रहेछ । जबसम्म रगत बग्ने नशा पत्ता लगाई बन्द गरिदैन तबसम्म रगत बगी रहन्छ र रगतको कमीले महिलाको ज्यान जान सक्छ । उनको शरिमा रगतको मात्र एकदमै कम थियो । धनगढी अथवा नेपालगन्ज रिफर गर्न कम्तिमा १० घण्टा लाग्ने भएकोले उहालाई बचाउन त्यति धेरै समय नभएका कारण परिवारको सल्लाहमा यहिँ सल्यक्रिया गरी बचाउन सफल भयौँ ।

उहालाई गर्नु पर्ने खालको सर्जरी अछाम जिल्लामा धेरै कम भएको छ । यस्तो सल्यक्रिया अछाममा बयालपाटा अस्पतालमा मात्र भएको छ । हामीले सर्जरीको बारेमा सबै जानकारी दियौ तर समस्या रगतदिने दाताहरु भेटिनमा लाग्यो । अस्पतालको कर्मचारी र सामाजिक संजालको प्रयोग गरी सहयोगको लागिअपिल गर्यौँ । धेरै मानिसको सहयोगमा रगतजम्मा भएपछि राति अबेर सल्यक्रियाको सबै तयारी भयो ।

सल्यक्रियाको लागि बरिष्ठ एनेश्थेसिया महेन्द्र कुँवरले उहालाई बेहोस बनाउनु भयो । खासमा यस्तो सल्यक्रिया सुबिधा सम्पन्न ठुलो अस्पतालमा गर्नु राम्रो र सुरक्षित हुन्छ । स्टाफ नर्स बिनाचौधरी सिस्टरले स्क्रबगर्नु भयो अनि मैले बिरामीको सल्यक्रियागर्न पट्टि लागे । उहाको पेटभित्र करिब दुई लिटर रगतजमेको रहेछ । सो रगत सबै हामीले निकाल्यौ, दाहिने डिम्ब बाहिनीनलीमा बसेको गर्भ निकालेर फाल्नु पर्ने थियो र उनको पेट सफागर्नुपर्ने । फुटेको नशाबाध्यौ अनिदाहिने डिम्ब बाहिनीनली निकाल्यौ । साथै हामीले दाताबाट जम्मा गरेको रगत पनि उनलाई दियौँ । सफलतापूर्बक सर्जरी सकेर उहालाई वार्डमा सार्यौ, सल्यक्रिया कक्षमा लक्ष्मी बिकजीले राम्रो सहयोगीको भूमिका निभाउनु भएको थियो ।

उहालाई १ पोका रगत चढाए पछि राम्रो हुनथाल्यो । उंहाअहिले अस्पतालमा थप रगतदिने दाताको पर्खाइमाहुनु हुन्छ । जटिल सल्यक्रिया गर्दा सबैको साथले उँहाको स्वास्थ्य छिटो राम्रो हुदै जानेछ भन्ने आशा गरेको छु । सहयोगी मन र हातहरु सबैलाई धेरै धेरै धन्यवाद छ ।

एकजना बिरामीको सफल सल्यक्रियामा आधारित यो लेख बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. गौचनले लेख्नु भएको हो।