मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा बस्ने

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा बस्ने


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटपछि सचिवालय बैठक बोलाइएको हो ।

बैठक तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने तय भएको छ।

नेकपाको सचिवालय, स्थायी कमिटी लगायतका बैठकहरु यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए।

आन्तरिक विवादमा रुमल्लिएको नेकपाको विवाद अध्यक्ष दाहालले पार्टी सञ्चालनमा प्रमुख भूमिका पाउने भएपछि केही मथ्थर भएको छ।

त्यसैले पार्टीका बैठकहरु अध्यक्ष दाहालले सञ्चालन गर्ने भएपछि पेरिस डाँडामा बैठक बस्न लागेको हो।