मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ गते देखि उडान गर्न तयार छौं, तर ५० प्रतिशत क्षमतामा सक्दैनौं – हवाई सञ्‍चालक

१ गते देखि उडान गर्न तयार छौं, तर ५० प्रतिशत क्षमतामा सक्दैनौं – हवाई सञ्‍चालक


काठमाडौं । निजी वायु सेवा प्रदायकहरुले असोज १ देखि आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न तयार भए पनि ५० प्रतिशत क्षमतामा उडाउन भने नसक्ने जनाएका छन् । 

सरकारले असोज १ देखि लामो दूरीका सार्वजनिक यातायातसँगै आन्तरिकतर्फको हवाई सेवा पनि खुला गर्ने निर्णय गरेको थियो । तर, सरकारले हवाई सेवा सञ्‍चालन गर्दा ५० प्रतिशत क्षमतामा मात्रै गर्नुपर्ने बताएको छ । 

निजी हवाई सेवा सञ्‍चालकहरुले भने ५० प्रतिशत क्षतामा उडान गर्न नसक्ने जानकारी संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराएका छन् ।

उडान खुला गरेपछि सेवा सुचारु गर्न तयार रहेको तर ५० प्रतिशत क्षमतामा मात्र सञ्‍चालन गर्न नसक्ने जानकारी मन्त्रालयलाई गराएका छन् । निजी वायु सेवा सञ्‍चालकका प्रवक्ता योगराज कँडेलले १ गते सञ्‍चालन नगर्दा सरकारको विरोध गरे जस्तो हुने तर ५० प्रतिशतमा सञ्‍चालन गर्नसक्ने अवस्था नरहेको बताए ।

सरकारले लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गर्दा उनीहरुले पनि ५० प्रतिशत क्षमतामा सञ्‍चालन गर्नु तर ५० प्रतिशत बढीसम्म थप भाडा लिन सक्ने भनेको छ । 

त्यसको व्यवसायीहरुले स्वागत गर्दै गाडी चलाउने भनेका छन् । यस्तै टुरिष्ट बस व्यवसायीहरुले पनि सेवा सुचारु गर्ने जनाएका छन् ।