मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्तरिक जहाज पूर्णसिट क्षमतामा उड्न पाउने, कुल सङ्ख्याको २५ प्रतिशत मात्रै उडान हुने

आन्तरिक जहाज पूर्णसिट क्षमतामा उड्न पाउने, कुल सङ्ख्याको २५ प्रतिशत मात्रै उडान हुने


काठमाण्डाै – आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा यात्रु राखेर उडान दिन भनेको छ ।

यसअघि सरकारले ५० प्रतिशत सिट क्षमतामा मात्रै जहाज उडाउन पाउने निर्णय गरेपछि वायु सेवा सञ्चालक सङ्घले जहाज नै नउडाउने निर्णय गरेको थियो । त्यसपछि पर्यटन मन्त्रालयले कुल उडानको २५ प्रतिशत मात्रै जहाज उडाउन पाइने तर पूर्ण सिट क्षमतामा उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

मन्त्रालयकाे याे प्रस्तावलाई मन्त्रिपरिषद्को बिहीबारकाे बैठकले अनुमति दिएकाे थियाे । अब कुल उडान सङ्ख्याको २५ प्रतिशत मात्रै आन्तरिक उडान हुनेछन् तर जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने छन् । 

‘२५ प्रतिशत मात्र उडान हुने, यात्रुले स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने छ’, मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ ।