मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डब्लूएचओ नेपाल प्रतिनिधी डा जोस भ्यान्देलयरलाई कीर्तिमय राष्ट्रदीप पदक प्रदान

डब्लूएचओ नेपाल प्रतिनिधी डा जोस भ्यान्देलयरलाई कीर्तिमय राष्ट्रदीप पदक प्रदान


काठमाडौं- सरकारले विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा जोस भ्यान्देलियरलाई कीर्तिमय राष्ट्रदीप (चर्तुथ) पदकबाट सम्मान गरेको छ।

संविधान दिवसका अवसरमा सरकारले पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकमध्ये डा भ्यान्देलियरलाई उक्त पदकबाट विभूषित गर्ने निर्णय गरेको हो।

सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।

डा भ्यान्देलियर नेपालस्थित कार्यालयमा पाँच वर्षअघि नेपाल प्रतिनिधीका रुपमा आएका हुन्। सन् २०१५ को जुलाईमा नेपालमा आएका डा भ्यान्देलियरको नेपालमा कार्याकाल सकिएको छ। 

डा भ्यान्देलियर नेपालमा ०७२ सालको भूकम्पको केही समयपछि नेपाल आएका थिए। भूकम्प र कोरोना महामारीको विषम परिस्थितीमा डा भ्यान्देलियरले सक्रिय रुपमा नेपालमा काम गरेका छन्।