मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब व’र्षाको सम्भावना कम

अब व’र्षाको सम्भावना कम


काठमाडौं – मनसुन निष्कृय हुँदै गएसँगै देशका अधिकांश भूभागको मौसम सफा भएको छ । 

प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा पानी पर्ने सम्भावना कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केहि स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । 

उनका अनुसार अबको २÷३ दिनमा मनसुन बाहिरिने छ । पश्चिमबाट सफा हुँदै आएको मौसम पूर्वमा पुगेर टुंगिएसँगै मनसुन बाहिरिने छ। 

हाल  देशका केहि पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ भने अधिंकाश स्थानमा घाम लागेको छ । 

यस्तो हुनेछ आगामी तीन दिनको मौसम 

असोज १३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

राति : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

असोज १४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

राति : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

असोज १५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ । 

राति : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।