मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हालसम्मकै बढी ३,४३९ जनामा कोरोना पुष्टि

हालसम्मकै बढी ३,४३९ जनामा कोरोना पुष्टि


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा कोरोना पुष्टि हुने यो हालसम्मकै ठूलो संख्या हो।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख १३ हजार ४८६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज २५ हजार ७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा र १४ हजार ४११ जना होम आइसोलेसनमा छन्।

४ हजार १६४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ।