मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्ध एयर २४ औं वर्षमा प्रवेश

बुद्ध एयर २४ औं वर्षमा प्रवेश


काठमाडौं । बुद्ध एयर २४ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९७ अक्टोबर ११ मा बुद्धले नेपाली आकाशमा पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।

२३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ वटा जहाजमार्फत लाखौ स्वदेशी एवं विदेशी यात्रुलाई सेवा दिइसकेको छ ।  बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्‍नेतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको बताए । 

नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भएको बताए । “उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन । बन्दाबन्दी झण्डै ६ महिना रह्यो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि हामीले ११०० कर्मचारीलाई नियमित रूपमा तलव बाँड्यौं” उनले भनेका छन् ।

कम्पनीले यस अवधिमा १ जना पनि कर्मचारी कटौती नगरेको उनले बताए । कम्पनीले २१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि कम्पनीले भाडादरमा ठूलो कटौती गरेको जनाएको छ ।कम्पनीले कोडिभ १९ बाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक टूर प्याकेज ल्याएको बताए । 

आन्तरिक पर्यटनलाई पुनः गति दिन एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचार प्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजले प्याकेज ल्याउको छ । विदेशीका लागि पनि यी दुई गन्तव्य निकै महत्वपूर्ण रहेको बुद्ध एयरले जनाएको छ । यसलाई सुरक्षित र संक्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्नसकेको खण्डमा विदेशी पर्यटकलाई पनि आत्मवल पुग्ने बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको जनाएको छ । जुन नेपालमै कोभिड विरुद्धका पहिलो निर्देशिका रहेको कम्पनीको दाबी छ ।