मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनको विकासको लागि सबैको साथको आवश्यकताः अध्यक्ष रावल

रामारोशनको विकासको लागि सबैको साथको आवश्यकताः अध्यक्ष रावल


अछाम / रामारोशन क्षेत्र पर्यटन बिकास ब्याबस्थापन समितीका अध्यक्ष चक्र बहादुर रावलले रामारोशन क्षेत्र सबैको साझा भएकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो । पर्यटकिय क्षेत्र रामारोशन आफैमा सुन्दर क्षेत्र भएकाले लामो समयपछी जनताको माग सरकारले सम्बोधन गरेको बताउनुु भयो । आगामि दिनमा स्थानिय, प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गर्दै रामारोशनको संरक्षण सम्बद्र्धन सहित प्रचारप्रसारका लागि अघि बढने बताउनुु भयो । सुदूरआज सङ कुराकानी गर्दै नव नियुुक्त अध्यक्ष रावलले तत्काल पर्यटकिय क्षेत्र रामारोशनको कार्यविधि निर्माण गरि भाबि दिनमा तोडमोड नहुने गरि गुरु योजना तयार पारेर अघि बढने जानकारी दिनु भयो । बाढी पहिरोले अबरुद्ध सडक रामारोशन पर्यटकिय क्षेत्रसम्म नै गाउपालिका सरकारले निर्माण गरि सकेकाले कोरोनाभाईरसको संक्रमण तथा जोखिम न्युनिकरण हुदै गएमा पर्यटक समेत भित्रिदै जाने बताउनुु भयो । रामारोशनलाई पर्यटकिय क्षेत्रको रुपमा देश तथा बिदेशमा चिनाउनका लागि आफनो समितीमा चुुनौती आईपरेकाले अवसरको रुपमा परिणत गर्दै जाने बताउनुु भयो । रामारोशन क्षेत्रका ताल, पशुुपक्षि, अमुल्य जडिबुटी, विभिन्न प्रजातिका बोट, विरुवाको संरक्षणमा समेत बिशेष जोड दिने बताउनु भयो ।