मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६५ औँ प्रहरी दिवसको अवसरमा अछाम प्रहरीद्धारा अस्पताल सरसफाई

६५ औँ प्रहरी दिवसको अवसरमा अछाम प्रहरीद्धारा अस्पताल सरसफाई


अछाम । ६५ औँ प्रहरी दिवसको अवसरमा अछाम प्रहरीले जिल्ला अस्पताल सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा अस्पताल सरसफाई गरिएको हो ।

दिवसको अवसरमा अछाम प्रहरीले अस्पताल परिसर सरसफाई गरेको हो । विभिन्न समयमा जनताको सुरक्षाका साथै प्रहरीले रचनात्मक कार्य गर्दै आईरहेको छ ।

सोही अनूरुप आज दिवसको अवसरमा अस्पताल परिसर सरसफाई गरिएको अछाम प्रहरीले जनाएको छ ।

प्रहरीको सक्रियतामा अस्पताल परिसर सरसफाई भएको भन्दै अस्पतालका डा. मजोज बिष्टले अछाम प्रहरीलाई धन्यवाद दिदैँ आगामी दिनमा समेत यस्तै रचनात्मक का मगर्न सुझाएका थिए ।