मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आड्रा नेपालद्वारा अछामका स्वास्थ्य संस्थामा सरसफाई सामग्री वितरण

आड्रा नेपालद्वारा अछामका स्वास्थ्य संस्थामा सरसफाई सामग्री वितरण


अछाम – आड्रा नेपाल अछामले जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई सरसफाई सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमित महिलाका लागि सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्लाका साँफेबगर, मंगलसैन, विनायक, कमलबजार नगरपालिका तथा जिल्ला अस्पतालमा डिग्निटि किट र मास्क हस्तान्तरण गरिएको छ । कोरोना संक्रमित भई आईसोलेशनमा रहेका महिलाका लागि प्रत्येक स्थानीय तह तथा जिल्ला अस्पतालाई १० थान डिग्निटी किट तथा ५ सय थान बढी मास्क प्रदान गरिएको आड्रा नेपाल अछामका कार्यालय प्रमुख तृष्णा दाहलले जानकारी दिए।

जिल्ला अस्पताललाई १० थान डिग्निटी किट र ७ सय थान मास्क प्रदान गरिएको छ भने जिल्ला स्वास्थ्इ कार्यालयलाई मास्क वितरण गरिएको छ । जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मनोज बिष्ट, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, नसिंङ निरिक्षक गंगा बुढामगरको उपस्थितिमा सामग्री प्रदान गरिएको छ ।

सामग्री संस्थाको उद्देश्य अनुसार कोरोना संक्रमित महिलालाई प्रदान गरिने निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिष्टले बताए । सामग्रीबाट महिलालाई सहयोग पुग्ने उनको भनाई छ । अहिले जिल्ला अस्पतालाको आईसोलेशनमा संक्रमित महिला नरहेका र अब आउने व्यक्तिलाई सामग्री प्रदान गरिने भएको छ ।

डिग्निटी किटमा बाल्टी, म्यक्सी, सेनिटरी प्याड, कट्टु, कोलगेट, ब्रस, साबुन, लाईट, डिटरजेन्ट पाउडर, नलकटर, तौलिया, सेनिटाईजर, मास्क, लगायतका सामग्री रहेका छन् । यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको लागि मास्क समेत प्रदान गरिएको छ ।

जिल्ला अस्पतालमा सामग्री दिईसकिएको र अन्य स्थानीय तहमा तत्कालै सामग्री दिईने आड्रा नेपाल अछामका कार्यालय प्रमुख दाहलले जानकारी दिए । आफ्नो संस्थाले महिलाको क्षेत्रमा काम गरिरहेकाले उनीहरुको समस्यालाई मध्येनजर गर्दै सामग्री प्रदान गरिएको जनाईएको छ ।