मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो वर्षको मनसुन शुक्रबारबाट सकियो

यो वर्षको मनसुन शुक्रबारबाट सकियो


काठमाडौं । यो वर्षको मनसुन आजबाट सकिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनयता मनसुनी वायू सक्रिय रहेकोमा त्यो पनि आजबाट अन्त्य भएको हो । 

यो वर्ष जेठ ३० गते पूर्वी भूभाग हुँदै नेपालमा मनसुन भित्रिएको थियो । “सूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा असोज १५ गतेबाट नै बहिर्गमन भएको यो वर्षको मनसुन आजबाट नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ,” विभागले भनेको छ । 

पश्चिमी वायूले मनसुनी वायूलाई धकेल्दै नेपाली भूभागबाट मनसुनी वायू बाहिरिएको मौसमविद् वरुण पौडेलले बताए । 

यो वर्ष औषतभन्दा लामो समय मनसुन सक्रिय रह्यो । सामान्यतः सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष तीन साता पछिसम्म मनसुन सक्रिय रहेको हो । 

३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर, पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।