मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभा अध्यक्षसहित सांसद रावल र थापाद्वारा दसैं भत्ता फिर्ता

राष्ट्रियसभा अध्यक्षसहित सांसद रावल र थापाद्वारा दसैं भत्ता फिर्ता


काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरु भीम रावल र गगन थापाले दसैं भत्ता फिर्ता गरेका छन् । संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले तिमल्सिना, थापा र रावलले आफू र आफ्नो स्वकीय सचिवको नाममा आएको दसैं भत्ता फिर्ता गरेको जानकारी दिए । 

उनीहरुले भत्ता फिर्ताका लागि औपचारिक रुपमा निवेदन दिइसकेकाले उनीहरुका भत्ता फिर्ता हुने धमलाले बताए । संघीय संसदका सदस्य र सांसदका स्वकीय सचिवलाई दसैं भत्ता वितरण गरेपछि आलोचना भएका थियो ।

सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातामा दसैं भत्ता पठाएको छ । सांसदहरुले दसैं भत्ता लिएको यस वर्ष पहिलो पटक भने होइन । प्रत्येक वर्ष उनीहरुले यस्तो भत्ता पाउँदै आएका छन् । 

सांसद रावलले संघीय संसदका महासचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा दसैं भत्ता फिर्ता हुने व्यवस्था गर्नका लागि आग्रह गर्दै खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाइ हुने भएमा भत्ता बराबरको चेक लिएर वा आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलाई सहज हुन्छ सोही अनुरुप गर्न आग्रह गरेका थिए ।