मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नरिवल पानी पिउँनुका फाइदाहरू जान्नुस

नरिवल पानी पिउँनुका फाइदाहरू जान्नुस


एजेन्सी – के तपाईंको हाइ ब्लड प्रेसर छ र खानामा नुन घटाउँदा पनि त्यसले खासै ठूलो भिन्नता देखिएको छैन रु हो, कसैकसैलाई जति प्रयास गर्दा पनि उच्च रक्तचापलाई नियन्त्रणमा लिन नसक्दा ठूलो समस्या आइरहेको हुन्छ । 

तर, वैज्ञानिकहरुले यसबारे अध्ययन गरेर नयाँ निष्कर्ष पनि निकाले छन् । 

जर्नल क्लिनिकल न्युट्रिसनमा छापिएको एक अमेरिकी अध्ययनअनुसार नरिवल पानीको नियमित सेवन गर्ने हो भने मुटुसँग सम्बन्धित धेरै रोगबाट  छुटकारा पाइन्छ । 

यसमा हुने पोटासियमका कारण शरीरमा हुने सोडियम बाहिर निकाल्न सकिने र कोलेस्ट्रोल कमी गर्न पनि यसले सहयोग गर्ने अध्ययनले पत्तँ लगाएको छ ।

डा. सामान्था कसेटीको नेतृत्वमा भएको यो अध्ययनमा शोधकर्ताहरुले उच्च रक्तचापका बिरामीहरुले नरिवल पानी पिउँदा निकै राम्रो नतिजा आएको बताइएको छ ।