मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा च्याउको विउ उत्पादन गर्ने प्रयोगशाला स्थापना

मंगलसेनमा च्याउको विउ उत्पादन गर्ने प्रयोगशाला स्थापना


अछाम : मंगलसेन नगरपालीकाको वडा नम्बर ५ सुन्तलाबारीमा च्याउको विउ उत्पादन गर्ने प्रयोगशालाको स्थापना गरिएको छ । लामो समयदेखि सुन्तलाबारीमा च्याउ ब्याबसाय गर्दै आएका गुमान सिंह बटालाले च्याउको विउ नै उत्पादन गर्ने प्रयोगशाला स्थापना गरेपछी प्रयोगशालाको प्रतिनीधी सभा सदस्य यज्ञ बहादुर बोगटीले उदघाट्न गरे ।

प्रयोगशालाको उदघाट्न गर्दै सासंद बोगटीले च्याउ ब्याबसाय तिर लागेका हरेक अगुवा कृषकलाई सरकारले सम्मान सहित अनुदानका कार्यक्रम अघि बढाएको बताए । आगामि दिनमा समेत स्थानिय, प्रदेश र केन्द्र सरकारबाट सहयोगका लागी पहल गरिने उनको भनाई थियो ।

उदघाट्न कार्यक्रममा प्रदेश सभा सदस्य बल बहादुर सोडारी, मंगलसेन नगरपालीका नगरप्रमुख पदम बहादुर बोहराको समेत उपस्थिती रहेको थियो । हिमालय च्याउ विउ प्रयोगशालाको स्थापना गरेपछी अब अछामका सबै च्याउ खेती गर्ने कृषकलाई विउ उपलब्ध गराउने संञ्चालक गुमान सिंह बटालाले बताए ।

च्याउ विउ प्रयोगशाला प्रदेश सरकारको भुमि ब्याबस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत कृषि ज्ञान केन्द्र अछामको ४ लाख र ४ लाख हिमालय च्याउ प्रयोगशालाको लागत गरि ८ लाख लागतमा स्थापना गरिएको हो । च्याउ खेती, कुखुरा तथा टर्की पालन ब्याबसाय समेत गरिरहेका बटालाले पशुपालन तथा च्याउ सहित कृषि पेशा गर्नेलाई आफु आवश्यक परामर्श दिन समेत तयार रहेको बताए।