मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगङा जलविद्युत आयोजनामा कामलाई अगाडि बढाउन पहल गरिने

बुढीगङा जलविद्युत आयोजनामा कामलाई अगाडि बढाउन पहल गरिने


अछाम : बुढीगङ्गा जलविद्युत आयोजना सरोकार मंचको बैठक साफेनगरपालिका १० घुघुरकोट ठाटिमा आज सम्पन्न भएको छ।

सरोकार मंचका अध्यक्ष कमल साउदको अध्यक्षतामा भएको बैठकले बुढीगङा जलविद्युत आयोजनामा भएको ढिलाइको काम लाई अगाडि बढाउन सक्रिय रूपमा पहल गर्ने, आयोजनाको काम लाई तीब्र गतिमा अगाडि बढाउने जिल्ला स्थित सरोकार निकाय पालिका स्थित प्रमुख लगायतको आमभेला गर्ने र सरोकार मंचको लागि कार्यलय माग गर्ने भन्ने लगायतका निर्णय भएको छ।

बुढीगङ्गा जलविद्युत आयोजना सरोकार मंच का प्रबक्ता प्रकाश शाहका अनुसार बैठकमा बुढीगङगा सरोकार मञ्चका उपाध्यक्ष निर्प कुवर, मेल्लेख गाउपालिका ४ का वडा अध्यक्ष तथा सरोकार मञ्चका सदस्य वीर वहादुर साउद, साफेबगर नगरपालिकाका कार्यपालिका सदस्य तथा सरोकार मञ्च सदस्य जयन्ती बोगटी, सरोकार मंच सदस्य चन्द बहादुर ताम्राकार लगायतको उपस्थिति रहेको थियो।