मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसम अपडेट : देशभर वायुको तापक्रम घट्यो

मौसम अपडेट : देशभर वायुको तापक्रम घट्यो


काठमाडौं- देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज मंगलबार, भोलि बुधबार र पर्सी बिहीबारको मौसम बुलेटिन जारी गर्दै महाशाखाले तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको र हाल देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले बताएको छ।

तीन दिनको मौसम पूर्वानुमान

मंसिर १६ गते मंगलबार

देशभर मौसम सामान्यतया सफा रहनेछ । 

मंसिर १७ गते बुधबार

बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ। 

मंसिर १८ गते बिहीबार

गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ।