मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरामी हुँदा व्यायाम गर्ने कि नगर्ने ? कसरी गर्ने ?

बिरामी हुँदा व्यायाम गर्ने कि नगर्ने ? कसरी गर्ने ?


एजेन्सी । पर्सनल ट्रेनर, योगा अनि पाइलेट्सकी प्रशिक्षक स्टेफनी मेनसोरले हामी जस्तोसुकै स्वास्थ्य स्थिति या नराम्रो मुडमा भए पनि विभिन्न तरिकाले एक्सरसाइज गर्न सकिने बताएकी छन् । तर कतिपय अवस्थामा बिरामी पर्दा शारीरिक क्षमता हेरेर त्यही तरिका अनुरुप एक्सरसाइज गर्नु उचित हुने उनी बताउँछिन् ।

यसमा धेरै मानिसहरुमा बिरामी हुँदा आराम गर्ने या एक्सरसाइज गर्ने भन्ने द्विविधा हुन्छ जसमा उनका अनुसार कतिपय एक्सरसाइज त्यस्ता पनि हुन्छन््, जसले हामीलाई बिरामी भएका बेला सहज महसुस गराउन सक्छ । 

चिसो लाग्दा : यसमा हामीलाई रुघा लागेर नाक बगिरहने भएको छ भने एक्सरसाइजलाई सधैको भन्दा केही कम कठोर बनाउँदा उचित हुनेछ । त्यस्तो बेला सहि तरिकाले शारीरिक व्यायाम गर्न सक्यो भने बन्द भएको नाक खुलाउन सकिने उनले बताइन् । जस्तै सधैँ दौडिन जानेहरुले रुघा लागेको समयमा बिस्तारै हिँड्दा राम्रो हुन्छ र अरु समयको भन्दा हल्का शारीरिक क्रियाकलाप फाइदाजनक हुनेछ । 

ज्वरो : ज्वरो आएका बेलामा एक्सरसाइज गर्नुले शरीरमा ‘डिहाइड्रेसन’ बढाउँछ जसकारण भित्री तापमान अझ बढ्न सक्छ । त्यस्तै ज्वरो आएको बेलामा मान्छेको शरीर पहिले नै थाकेको हुने हुँदा कम ऊर्जा हुन्छ त्यसैले आराम गरेकै राम्रो हुन्छ । 

बरु एक्सरसाइजको सट्टा ‘सभासना’ नामक योगा गर्न सकिन्छ । यसमा घुँडा अनि टाउकोको माथि अग्लो सिरानी राखेर सुत्नुपर्ने हुन्छ र त्यसपछि हात र पाखुराहरुलाई रिल्याक्स गरि हत्केलालाई आकाशतर्फ फर्काएउने अनि आँखा बन्द गरेर कम्तीमा पनि दुई मिनेटसम्म बिस्तारै नाकबाट सास फेर्ने । गहिरो सास फेरेर ध्यान गर्नुले हाम्रो स्नायु प्रणालीमा धेरै राम्रो असर पार्ने गर्दछ र शरीरले पनि बढी आराम महसुस गर्दछ । 

घाँटी दुख्दा : घाँटी भन्दा माथिका भागमा समस्या हुँदा एक्सरसाइज गर्न सकिने अवस्था हुन्छ । तर यसमा पनि एक्सरसाइज गर्नु अघि, गर्दैगर्दा र गरिसकेपछि धेरै पानी पिउन जरुरी छ जसले घाँटीलाई सुख्खा हुन दिँदैन र कठिनाइ कम गर्न सक्छ । त्यस्तै यो बेलामा सुस्त गति अपनाउँदा ठीक हुन्छ । तर घाँटी दुख्नुका साथै ज्वरो आएको छ या शरीर दुखेको छ भने चाहिँ एक्सरसाइजबाट ब्रेक लिनुपर्छ । 

खोकी : यदि छातिबाट खोकी लागिरहेको छ र नाक बग्ने अनि थुक आइरहने भएको छ भने त्यस दिन एक्सरसाइज नगर्नु सबैभन्दा उचित हुन्छ । किनकी लगातार खोकी लागेका बेला एक्सरसाइज गर्दा सास फेर्न कठिन हुने गर्दछ । शारीरिक हलचलले मुटुको गति बढाउने हुँदा गहिरो सास लिन पनि यसले गाह्रो बनाइदिन्छ । 

त्यसैले यसको सट्टा शरीर भित्रको तरल बहावमा सुधार ल्याउनका लागि र खोकीका लक्षणबाट केही राहत पाउन ‘फर्वाड फोल्ड स्ट्रेच’ अर्थात उभिएको अवस्थामा टाउको निहुराएर अगाडिको खुट्टा छुने आशन गर्न सकिन्छ । यसले स्ट्रृेस कम गर्नका साथै स्नायु प्रणालीलाई ऊर्जा र शक्ति दिन्छ । यसमा टाउको मुटु भन्दा तल जाने हुँदा शारीरिक र मानसिक दुवै रुपमा स्ट्रेस कम गराउन सक्छ । 

पेट सन्चो नहुँदा : यदि हामीलाई बान्दा भइरहेको छ या पखाला लागिरहेको छ भने त्यस्तो समयमा शरीर एकदमै डिहाइड्रेट भएको हुन्छ । र एक्सरसाइज गर्नुले शरीरमा थप पानीको कमी गराउन सक्छ । त्यस्तै पहिले नै वाकवाकी लाग्ला जस्तो महसुस भइरहेको छ भने पनि शरीरलाई यताउत िहलचल गराउनुले बान्ता हुन सक्छ । त्यसैले यो समयमा ‘बाल आसन’ नामक योगा गर्न सकिन्छ । यसमा घुँडा टेकेर आफूले सकेजति त्यसलाई फटाउने र कुरकुचोमा बसेर हातलाई अगाडितर्फ तन्काउँदै टाउको सिरानीमा या म्याटमा राख्ने । यसपछि पेटसम्म पुग्नेगरी सास तान्ने र बिस्तारै छाड्ने । नाकले सास फेरिरहने र पेटलाई आराम दिलाउने प्रयास गर्न सकिन्छ । 

माथि उल्लेखित सबै आशन र शारीरिक अभ्यासहरु आफ्नो शरीरको अवस्था र क्षमता हेरेर अपनाउनुपर्ने हुन्छ किनकी हामीले के गर्न सक्छौँ के सक्दैनौँ भनेर आफ्नो शरीरका बारेमा हामीलाई नै सबैभन्दा राम्ररी थाहा हुन्छ । त्यसैले कसैलाई एक्सरसाइज गर्नु हुँदैन या सकिँदैन भन्ने महसुस भएमा नगर्ने वा गर्दा राहत मिल्छ जस्तो लाग्छ भने गरेको राम्रो हुने स्टेफनी बताउँछिन् । – सीएनएन