मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक कम्युनिटी नेपाललद्धारा भर्चुअल आईटी क्यारियर कनक्लेभ आयोजना

टेक कम्युनिटी नेपाललद्धारा भर्चुअल आईटी क्यारियर कनक्लेभ आयोजना


काठमाडौँ : टेक कम्युनिटी नेपाललले भर्चुअल आईटी क्यारियर कनक्लेभ आयोजना गरेको छ । सुचना प्रवधिको क्षेत्रमा क्रियाशिल र यस क्षेत्रमा लाग्दै गरेका व्यक्तीहरुका लागि कनक्लेभ आयोजना गरिएको आयोजक संस्था टेक कम्युनिटी नेपाले जनाएको छ ।

कनक्लेभमा सुचना प्रबिधी क्षेत्रको स्कोप, प्रबिधी क्षेत्रमा अध्ययन गर्ने बिकल्पहरु, यसका लागि कलेजको उपलब्धता, छात्रवृती, लगायतका पक्षमा छलफल भईरहेको टेक कम्युनिटी नेपाललका संस्थापक प्रबिन बरालले बताए ।

कनक्लेभको पहिलो दिन सुचना प्रविधको क्षेत्रमा क्रियाशिल बिगत देखि थुप्रै अनुभव लिएका व्यक्तीहरुले सहभागीलाई जानकारी गराएका थिए भने दोश्रो दिन पनि उक्त क्रम निरन्तर भएको उनको भनाई छ ।

भर्चुअल आईटी क्यारियर कनक्लेभको तेश्रो तथा अन्तिम दिन पनि यसै बिषयमा छलफल र अन्तरक्रिया जारी रहने आयोजकले जनाएको छ । साथै आईतबार नै कार्यक्रमको समापन समेत गरिने भएको छ ।

भर्चुअल आईटी क्यारियर कनक्लेभमा डिजि स्कुल, स्टडी प्लानेट एजुकेशन नेटवर्क, यूनीक्याम्पस ग्लोबल, सनवे अन्तराष्टिय बिजेनश स्कुल र राष्टका लागि युवा काठमाण्डौँले पनि सहकार्य गरेका छन् । यस्तै कनक्लेभका लागि स्टाईलिस टेक्नोलोजी, फाष्ट, क्रेटिई लर्निगंले समेत सहयोग गरेका छन् ।

सफ्टोरिका कलेजको सहकार्यमा जनवरी ८ देखी १० सम्म कलक्लेभको आयोजना गरिएको भर्चुअल अन्र्तक्रियाका सहर्जकर्ता शुलभराज बरालले बताए । यस्तै भर्चुअल कार्यक्रममा टेक कम्युनीटी नेपालका संस्थापक प्रविन बराल, बिजनेश डिभल्पमेण्ट म्यानेजर शसीकान्त सिटौला लगायतले समेत सहजीकरण गरिराख्नु भएको छ ।

यस भर्चुअल अन्तरक्रिया कार्यक्रमले सुचना प्रबिधिको क्षेत्रमा लाग्न ईच्छुकहरुको लागि कार्यक्रम फलदायी हुने आयोजकको बिश्वास रहेको छ । टेक कम्युनीटी नेपालले काठमाण्डौँको बनोश्वरमा रहेर बिभिन्न सुचना प्रबिधीको क्षेत्रमा सेवा प्रवाह गर्नुका साथै सफ्टवयर, मिडिया कम्पनीका क्षेत्रमा समेत काम गरिरहेको छ ।