मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक कम्युनिटी नेपालले आयोजना गरेको आईटी कनक्लेभ सम्पन्न

टेक कम्युनिटी नेपालले आयोजना गरेको आईटी कनक्लेभ सम्पन्न


काठमाडौँ : टेक कम्युनिटी नेपाललले आयोजना गरेको भर्चुअल आईटी क्यारियर कनक्लेभ आइतबार सम्पन्न भएको छ । सुचना प्रवधिको क्षेत्रमा क्रियाशिल व्यक्तीहरुका लागि कनक्लेभ आयोजना गरिएको थियो।

कनक्लेभमा बिशेस गरेर सुचना प्रबिधी क्षेत्रको लगायतका पक्षमा बृहत छलफल भएको टेक कम्युनिटी नेपाललका संस्थापक प्रबिन बरालले बताए । कनक्लेभको ३ दिन नै सुचना प्रविधको क्षेत्रमा क्रियाशिल बिगत देखि थुप्रै अनुभव लिएका व्यक्तीहरुले सहभागीलाई जानकारी गराएका थिए।

भर्चुअल आईटी क्यारियर कनक्लेभमा डिजि स्कुल, स्टडी प्लानेट एजुकेशन नेटवर्क, यूनीक्याम्पस ग्लोबल, सनवे अन्तराष्टिय बिजेनश स्कुल र राष्टका लागि युवा काठमाण्डौँले पनि सहकार्य गरेका थिए । कनक्लेभमा स्टाईलिस टेक्नोलोजी, फाष्ट, क्रेटिई लर्निगंले समेत सहयोग गरेका थिए ।

सफ्टोरिका कलेजको सहकार्यमा जनवरी ८ देखी १० सम्म कलक्लेभको आयोजना गरिएको भर्चुअल अन्र्तक्रियाका सहर्जकर्ता शुलभराज बरालले बताए । भर्चुअल कार्यक्रममा टेक कम्युनीटी नेपालका संस्थापक प्रविन बराल, बिजनेश डिभल्पमेण्ट म्यानेजर शसीकान्त सिटौलाले समेत सहजीकरण गरेका थिए।

कार्यक्रम सुचना प्रबिधिको क्षेत्रमा लाग्न ईच्छुकहरुको लागि फलदायी भएको आयोजकले दाबी गरेको छ । टेक कम्युनीटी नेपालले काठमाण्डौँको बनोश्वरमा रहेर बिभिन्न सुचना प्रबिधीको क्षेत्रमा सेवा प्रवाह गर्नुका साथै सफ्टवयर, मिडिया कम्पनीका क्षेत्रमा समेत काम गरिरहेको छ ।