मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमै पहिलो पटक योगयात्री बिष्णुद्धारा १६ दिने निराहार हवन कार्य सम्पन्न

नेपालमै पहिलो पटक योगयात्री बिष्णुद्धारा १६ दिने निराहार हवन कार्य सम्पन्न


कोरोना आरोग्य स्मृति केन्द्र निर्माण गरिने

काठमाण्डौँ । विश्वमा कोभिड १९ बाट ज्यान गुमाई रहेकाहरुको आत्मा शान्तिको लागि शान्ति हवन तथा विश्वकै प्रथम ऐतिहासिक कार्य नेपालभुमीमा कोभिड १९ को आरोग्य स्मृति केन्द्र निर्माण गर्ने महा अभियान हेतुले सुरु गरिएको कार्यक्रम सम्पन्न भएको छ ।

अछाम घर भई हाल काठमाण्डौमा रहेका शान्ति दुत योग यात्री बिष्णुले कोरोनाबाट ज्यान गुमाएकाहरुको आत्मा शान्ती एवंम संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै सुरु गरेको योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सा एवंम विश्व शान्ति, अखण्ड शान्ति दिप तथा हवनको समापन गरिएको हो ।

गत पुस १५ देखि माघ १ गते सम्मका लागि निराहार रुपमा गरिएको शान्ति हवन कार्य राष्ट्रिय योग दिवसको अवसर पारेर आज समापन गरिएको हवनकर्ता योग यात्री बिष्णुले बताए । यो कार्य नेपाल तथा सम्भवत बिश्वमै पहिलो पटक भएको उनको दाबी छ ।

योग यात्री बिष्णुले बिश्वमा कोरोना फैलिसकेपछि शान्ति, स्वास्थ्य लाभ र हवन तथा कोभिड स्मृती निर्माणको कार्य नभएको भन्दै नेपालबाट आफुले सुरुवात गरेको बताए । शान्तिका अग्रदुत भगवान बुद्ध नेपालमा नै जन्मिएका हुन र नेपाल एक आध्यात्मिक राष्ट्र भएको उल्लेख गर्दै यात्रीले सो कुरा प्रमाणित गर्न र नेपाललाई बिश्व सामु चिनाउन यस कार्यले योग्दान हुने यात्रीको बिश्वास छ ।

१६ दिनको विश्व शान्ति अखण्ड दिप, हवनको समापन कार्यक्रम महा अभियानका अभियानता शान्ति दुत योग यात्री विष्णुको सभापतित्व एवमं नेपाल सरकारका पुर्व स्वास्थ्य सहायकमन्त्री विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष विदुर व्यक्तित्व डाक्टर रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बिशिष्ट अथिति बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धब राज खरेल, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडा तथा बुद्धिस्ठ वल्र्ड पिस फाउन्डेसन एवम् जिल्ला गुम्बा व्यावस्थापन समितिका अध्यक्ष एवंम सनातन सस्कृति समाजका संरक्षक सल्लाहकार लामा घ्याछो रिम्पोछे रहेका थिए ।

यस्तै कार्यक्रममा विदुर सबै धर्मका सन्त महात्मा योग साधक साधिकाहरुको उपस्थिति रहेको थियने । यो कार्यमा आफु भित्र अग्नी जगाउन प्रेरणादायी भुमिका खेल्नुहुने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगीहरुलाई योगयात्रीले धन्यवाद दिएका छन् भने आगामी दिनमा स्मृती निर्माणका लािग सहयोग गर्न समेत अपिल गरेका छन् ।