मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुधबारका लागि बोलाइयो संवैधानिक परिषद् बैठक

बुधबारका लागि बोलाइयो संवैधानिक परिषद् बैठक


काठमाडौँ । संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ ।

निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो ।

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।

पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताए  ।