मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षाबाट बञ्चित बालबालिकाको जिम्मा लिन तयार छौँः उपप्रमुख उपाध्याय

शिक्षाबाट बञ्चित बालबालिकाको जिम्मा लिन तयार छौँः उपप्रमुख उपाध्याय


अछाम : जिल्लाको मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले आर्थिक अभाबका कारण कुनै पनी बालबालिका शिक्षाबाट बञ्चित नहुने बताएकी छन् । नगरपालिका भित्रका पोशाक, झोला लगाएत शैक्षिक सामाग्री नभएकै कारण विद्यालयमा जान नपाएको अबस्था आएमा स्वयम आफु तथा नगरपालीका अभिभावकको जिम्मा लिन तयार रहेको बता एकी हुन्।

सुदूरआज संग कुरा गर्दै उनले यसअघि समेत नगरपालिकाले विभिन्न बालबालिकालाई सहयोग गरेको तर उपलब्धी हासिल नभएको उल्लेख गरिन् । बास्तविक अभाव झेलिरहेका बालबालिकालाई सहयोगका लागी वडातह बाट पहीचान सहीत सिफारिस आए सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो।

हालको अबस्थामा कोरोना भाईरसको संक्रमण पछी विद्यालय खुलीसकेपछी कोही पनी छोरीले विद्यालय छोडेको अबस्था नआएको बताईन । नगरभित्रका विद्यालयमा छोरीले आर्थिक अभाब कारण स्कुल छोड्ने नभई कतिपयले घरपरिवारमा आमाको कामको बोझका कारण विगतका दिनमा स्कुल छोडेता पनी हालको अबस्थामा नभएको उनको दाबी छ।

छोरीलाई विद्यालयमा निरन्तर टिकाई राख्नका लागी सरकारले सेनेट्री प्याड ब्याबस्थापन गर्ने काम अघि बढाएको सुदूरआजलाइ बताइन । मंगलसेन नगरपालीकाका विद्यालयमा सेनेट्री प्याड किशोरिका लागी पठाईसकिएकाले उनिहरुलाई दिए नदिएको, खानेपानी, सरसफाई तथा शौचालयको ब्याबस्थापनको बारेमा चाडै अनुगमन गरिने समेत उपप्रमुख उपाध्यायले जानकारी दिइन ।

छोरीकै लागी भएपनी नगरका १० माध्यामीक विद्यालयमा स्टाफ नर्सको ब्याबस्था गरि विद्यालय नर्सिगँ कार्यक्रम पनी लागु भईसकेको उनको भनाई थियो।