मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली समूहकाे नेकपाले आज दरबार मार्गमा शक्ति प्रदर्शन गर्दै

ओली समूहकाे नेकपाले आज दरबार मार्गमा शक्ति प्रदर्शन गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको (नेकपा)ले  आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । ओली समूहले आज नारायणहिटी संग्राहलय अगाडि आमसभा गर्ने तयारी गरेको छ ।

आम सभाभाका लागि दरबार मार्गका रोड डिभाइडर हिजो नै हटाइएको छ । आजको आमसभामा ओली समूहले ३ लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ ।

यसका लागि काठमाडौं उपत्यका बाहिरबाट पनि कार्यकर्ता ल्याउने तयारी गरिएको छ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित सभास्थल नारायणहिटी पुग्ने छन् । दिउँसो १२ बजेबाट सभा सुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपाको एउटा पक्षको नतृत्त्व ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्त्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन् ।