मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काङ्ग्रेस अछामका उपसभापतिको राजिनामा स्वीकृत

काङ्ग्रेस अछामका उपसभापतिको राजिनामा स्वीकृत


अछाम : नेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाको राजीनामा स्वीकृत भएको छ । उपसभापति ढुंगानाले माघ १६ गते दिएको राजिनामा स्वीकृत भएको काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले पुष्टी गरे।

सभापति स्वारले शुक्रबार पत्रकार सम्मेलन गरि उपसभापतिको राजिनामा स्वीकृत भएको बताएका हुन्। सभापति भरत कुमार स्वारले नेपाली काङ्ग्रेस पाटी भित्र विधि पद्धती छैन, आत्मसम्मान, मुल्यांकन नहुनु भन्ने कुरा निराधार मात्रै भएको दाबी गरे।

राष्ट्रियता, लोकतन्त्र, शिरोधार गर्दै सामाजिक न्यायको पक्षमा निरन्तर संघर्समा रहेको पार्टी नेपाली काङ्ग्रेस बिधि, बिधान र पद्धतिमा संचालनमा रहेको उनको भनाई हो । ब्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थमा बिश्वास गर्ने पाटी  विधि पद्धतिमा नचलेको भनी प्रचार गर्नु कदापि सत्य नरहेको सभापति स्वारको दाबी छ । 

यसअघि पनि ढुंगानाको राजीनामा आएको थियो ‘सभापति स्वारले भने एकपटक राजिनामा आउदा पार्टीले स्वीकृत गरेको थिएन, पटकपटक अस्विकृत गर्न सक्ने अवस्था नहरेकाले हप्ता दिनपछि स्वीकृत गर्नुपर्यो । 

ढुंगानाको राजीनामा स्वीकृत भएसँगै पार्टीले नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य नयाँराम बजगाईलाई उपसभापतिको जिम्मेवारी दिएको सभापति स्वारले जानकारी दिए ।