मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलो चरणको खोप अभियान आजदेखि सकिँदै

नेपालमा पहिलो चरणको खोप अभियान आजदेखि सकिँदै

चीनले नेपाललाई ५ लाख मात्रा खोप दिने


चीनले नेपाललाई ५ लाख मात्रा खोप दिने

काठमाण्डाै – नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिँदैछ । पहिलो डोजको खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने भने पनि लक्ष्यअनुसार खोप लगाउने छाँट देखिएको छैन । पहिलो डोजको खोप अभियान अन्तर्गत हिजोसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएका छन् ।

पहिलो चरणमा थोरै परिमाणमा खोप आएकाले सीमित जनशक्तिलाई मात्र पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताए । सरकारले अब छिट्टै कोभ्याक्स सुविधामार्फत् दोस्राे चरणको खोप ल्याउने जनाएको छ ।

यसैबीच चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाँच लाख मात्रा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रवार बेलुकी भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले अनुदानको खोप दिने प्रतिबद्धता जनाउनुभएको हो ।

चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।