मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक कार्यमा पनि कांग्रेस अगाडी, वडामा बाटो सरसफाई कार्य सम्पन्न

सामाजिक कार्यमा पनि कांग्रेस अगाडी, वडामा बाटो सरसफाई कार्य सम्पन्न


अछाम । नेपाली कांग्रेस अछाममा सामाजिक कार्यमा पनि अगाडी रहेको छ । जसको उदाहरण तुर्माखाँद गाँउपालिका वडा नं. ५ ले देखाएको छ ।

वडा कार्य समितिको पहमा आज बाटो सरसफाई कार्य सम्पन्न भएको छ । नेपालि काङ्ग्रेस तुर्माखाद गाउपालिका वडा न ५ नाडाको आयोजनामा स्वास्थ्य चौकिको देखि ढान्टा खोला सम्मको बाटो सरसफाइ गरिएको हो ।

वडा नम्बर ५ का वडा सभापति श्री प्रताप बहादुर शाहीको नेतृत्वमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा वडा कार्यपालिका सदस्य दमन बहादुर घर्ती, पूर्व पार्टी सभापती लगायत काङ्ग्रेस सङ्ग आबद्ध महानुभावहरुको सहभागिता रहेको थियो ।

आगामी दिनमा वडाका अन्य क्षेत्रमा पनि सरसफाई कार्यक्रम गरिने कांग्रेस ५ नम्बर वडाले जनाएको छ ।