मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निराधार रुपमा मेरो चरित्र हत्या गर्न खोजियो : कांग्रेस क्षेत्रीय सचिव शाही

निराधार रुपमा मेरो चरित्र हत्या गर्न खोजियो : कांग्रेस क्षेत्रीय सचिव शाही


अछाम : नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का पार्टी सचिव रबिन्द्र बहादुर शाहीले आफ्नो फेसबुकको फोटो प्रयोग गरेर म्योन्जरमा बनावटी कुरा गरेकोे बताएका छन् ।

सामाजकि सञ्जाल र केही अनलाईन मिडियाले आफ्नो नभएको पद जोडेर निराधार रुपमा आफ्नो फोटो राखी म्यासेन्जरमा अश्लिल् सम्बाद गरेको देखाई चरित्र हत्या गर्ने काम गरेको बताएका हुन् ।

उनले एक विज्ञप्ती जारी गर्दै आफु नेबिसंघको पूर्व सचिव नभएको भन्दै शाहीले गौरवान्वित संस्थाको नाम जोडेर झुटो आरोपमा आफ्नो चरित्र हत्या गर्ने कार्य प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

आफुले त्यस्तो अश्लिल र डरधम्की देखाउने काम नगरको भन्दै शाहीले आफ्नो ईज्जत मान प्रतिष्ठामा आँच आउने गरेको कार्य प्रति खेद प्रकट गर्दछु उनले बिज्ञप्तीमा भनेका छन् ।

साथै उनले आगामी दिनमा यसता भा्रमक र व्यक्तीगत चरित्र हत्या हुने किसिमका कार्य नर्गन सम्बन्धीत पक्षलाई आग्रह गरेका छन् ।

शाहीको बिषयलाइ लियर नेबिसघ अछाम र कांग्रेस क्षेत्रीय कार्य समिति २ ले निराधार रुपमा लगाइएको झुटो आरोप प्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्।