मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कारागारका कैदीका लागि पुस्तक हस्तान्तरण

अछाममा कारागारका कैदीका लागि पुस्तक हस्तान्तरण


अछाम : जिल्ला कारागार अछाममा कैदिबन्दीलाई सहजताका लागी पुस्तकालय हस्तान्तरण सहीत उदघाट्न गरिएको छ । सामाजिक क्षेत्रमा कार्यरत संस्था टिम नेपोको पुस्तक परियोजना मार्फत नेपोको सहयोगमा जिल्ला कारागार अछाममा पुस्तकालय हस्तान्तरण गरिएको हो ।

जिल्ला कारागार अछामका निमित्त प्रमुख धन बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय प्रमुख अतिथी रहेका थिए। प्रमुख अतिथी उपाध्यायले कैदिबन्दी जिवनमा अध्ययनको आवश्यकता ठान्दै सबैले पुस्तकको सदुपयोग गर्नु पर्ने बताए ।

हरेकले अध्ययन सहीत लेख्ने पुस्तकमा भावना सहीत यर्थाथता झल्कीने भएकाले लेख्ने र अध्ययनको भावना सबैमा हुनु पर्नेमा उनले जोड दिए । जिवनमा भोग्नु पर्ने कैद थुप्रै तहका हुने भएकाले यसलाई सिमा भित्र रहेर सबैलाई सदुपयोग गर्न आग्रह गरे ।

कारागारका स्थापना भएको पुस्तकालयलाई अझै ब्याबस्थापन गर्दै आफ्नो तर्फ समन्वयको कार्य जारी रहने बताए । सहयोगी संस्था टिम नेपोका संस्थापक अध्यक्ष डाक्ट्र निगम पौडेलले कारागारका कैदिबन्दीको शैक्षिक उन्नती तथा उनिहरुको सामाजिक पुर्नस्थापना गर्ने हेतुले हरेक जिल्लामा पुस्तक हस्तान्तरण गर्दै आएको बताउए ।

यसअघि अर्घाखाची, तनहु, स्याङजा, चितवन जिल्लामा हस्तान्तरण गरिसकेकाले अछामको कारागारमा समेत ५ सय २१ थान पुस्तक हस्तान्तरण गरिएको डा पौडेलले बताए ।

उदघाटन कार्यक्रममा पत्रकार कमल रावल, सम्पुर्ण कैदिबन्दीको तर्फबाट धुव्र कुवरले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संञ्चालन जिल्ला कारागारका लेखापाल टेकराज सिजापतीलेगरेका थिए ।