मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका केही स्थानमा भोली विद्युत जान्छ: प्राधिकरण

सुदूरपश्चिमका केही स्थानमा भोली विद्युत जान्छ: प्राधिकरण


धनगढीः नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमका केही स्थानमा भोली (शनिबार) डेढ घण्टासम्म सेवा प्रभावित हुनसक्ने जनाएको छ। 

विद्युत प्राधिकरण अत्तरिया ग्रिड शाखाले सूचना जारी गर्दै लाइनमा देखिएको खराबीका कारण टनकपुर फिडर सडाउन बिहान ११ देखि दिउँसो साढे १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो। 

प्राधिकरणले अत्तरिया ग्रिड शाखा अन्तरगतको १३२ केभी लालपुर सबस्टेशनको १३२ केभी टनकपुर फिडरको डिएसदेखि ब्रेकरसम्म जम्पर कनेक्टरमा खराबी देखिएकाले सो समयमा मर्मत कार्य गरिने बताएको छ। 

मर्मतका बेला टनकपुर फिडर सडाउन हुने भएकाले अत्तरिया शाखाबाट सप्लाई भएका क्षेत्रमा विद्युत अनियमित हुने सक्ने जारी सूचनामा उल्लेख छ।

तर कुन–कुन ठाउँमा विद्युत सेवा अवरुद्ध हुन्छ भनेर नखुलाइएपनि विशेषगरी कैलाली र कञ्चनपुरका धेरै ठाउँमा डेढ घण्टा सप्लाई बन्द हुनसक्ने जनाएको छ।