मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास प्रेमी जनप्रतिनिधि भण्डारी : ठुलासैन बजारको सडकमा झिलिमिली बत्ती

विकास प्रेमी जनप्रतिनिधि भण्डारी : ठुलासैन बजारको सडकमा झिलिमिली बत्ती


अछाम : जिल्लाको मंगलसैन नगरपालिका वडा न ६ को हरिनगर बजार ठुलासैन बजार सडकमा सोलार बत्ती जडान गरिएको छ। नगरपालिकाले बजारका आठ स्थानमा सडक बत्ती जडान गरेको हो।

नगरपालिका वडा नम्बर ६का अध्यक्ष जनक भण्डारीको पहलमा बजार क्षेत्रमा बत्ति जडान गरिएको हो। बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न, बटुवालाई आवतजावतमा सहज र बजारलाई रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको हो ।

रातको समयमा हुने चोरी, तोडफोड, झैझगडा नियन्त्रणमा सघाउ पुग्नुका साथै सर्वसाधारणलाई हिँडडुलमा सहज हुने बिश्वास रहेको छ । सडक बत्ती नगरपालिका को २१ लाख लागतमा जडान गरिएको वडा अध्यक्ष जनक राज भन्डारीले जानकारी दिए ।

वडाध्यक्ष भण्डारीले वडामा अन्य विकाश निर्मणका काम समेत प्रभाबकारी रुपमा संचालन गर्नु भएको छ।