मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ५ ठाँउमा स्थायी बन्ध्याकरण शिबिर संचालन हुदैँ

अछामका ५ ठाँउमा स्थायी बन्ध्याकरण शिबिर संचालन हुदैँ


अछाम : जिल्लाका ५ स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने भएको छ ।

फागुन २४ गते देखि चैत्र ४ गते सम्म जिल्लाका छुट्टा छुट्टै ५ स्थानमा शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

कमलबजार प्रथामिक स्वास्थ्य केन्द्रमा फागुन २४ गते, ढकारी स्वास्थ्य चौकीमा फागुन २६ गते, जिल्ला अस्पताल अछाममा फागुन २८ र २८ गते, बयालपाटा अस्पतालमा चैत्र २ गते तथा चौरपाटी प्राथमिक स्वास्थ्य केन्द्रमा चैत्र ४ गते शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

स्वास्थ्य कार्यालय अछामको आयोजना तथा सुनौलो परिवार नेपालको सहयोगमा शिबिर संचालन हुन लागेको अधिकृत ढुंगानाले बताए ।