मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई जेठ १३ बाट सञ्चालन हुने

एसईई जेठ १३ बाट सञ्चालन हुने


काठमाडौं – २०७७ सालको एसईई (माध्यमिक शिक्षा परीक्षा) २०७८ जेठ १३ गतेदेखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई जेठ २४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने तालिका स्वीकृत गरेको छ। 

कक्षा ११ को परीक्षा भने विद्यालयले नै सञ्चालन गर्ने गरी कार्यविधि पास भइसकेकाले विद्यालयले नै सञ्चालन गर्ने र पुराना विद्यार्थीको आंशिक परीक्षा भने केन्द्रले सञ्चालन गरेर प्रमाणपत्र प्रदान गर्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए। 

संस्कृत र प्राविधिकतर्फका एसईई पनि एकैसाथ सञ्चालन गर्ने बोर्डले जनाएको छ।