मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने


काठमाडौं । स्थानीय र पश्चिमी वायुसमेतको प्रभावले हाल देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरुको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो वाग्मती प्रदेश र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

यस्तै, आज राति गण्डकी प्रदेश र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू–भागहरुको मौसम सफा रहने महाशाखाले जनाएको छ ।