मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाविरुद्धको खोप अभियान स्थगित, अर्को चरण अन्योलमा

कोरोनाविरुद्धको खोप अभियान स्थगित, अर्को चरण अन्योलमा


काठमाडौं– ६० वर्षमाथिका नागरिकका लागि बुधबारदेखि सुरु गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ।

खोप उपलब्ध नभएपछि अभियान स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले ४ चैतदेखि ६० वर्षमाथिका नागरिकलाई खोप दिने योजना बनाएको थियो। खोप उपलब्ध नभएपछि तत्कालै खोप अभियानलाई निरन्तरता दिन नसकिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए। 

मन्त्री हृदयेश त्रिपाठीले खोप अभियानमा कुनै अन्तर नहुने र निरन्तर अभियान सञ्चालन हुने भए पनि खोप नआएपछि अभियान प्रभावित भएको हो। 

दोस्रो चरणको पहिलो प्राथमिकताको खोप अभियान सकिएसँगै  दोस्रो चरणको दोस्रो प्राथमिकतामा परेकालाई खोप दिने मन्त्रालयको योजना थियो तर अग्रिम भुक्तानीको खोप पनि नआएपछि कार्यक्रम स्थगित भएको हो। 

खोप अभियान कहिले सुरु होला भन्ने प्रश्नमा सहप्रवक्ता अधिकारी भन्छन्, ‘अग्रिम भुक्तानी गरी सम्झौता गरेको खोप पनि ५० प्रतिशत मात्रै आयो, कोभ्याक्स सुविधाअन्तर्गतको खोप पनि सोचेअनुरुप आएको छैन, त्यसैले खोप आएपछि मात्रै भन्न सकिन्छ।’

सरकारले गत २३ फागुनदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो। अभियानमा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप उपलव्ध गराईएको थियो। हालसम्म १६ लाख ४४ हजारभन्दा धेरैले  कोभिड – १९ विरुद्धको खोपको पहिलो मात्रा लिएका छन्।

हालसम्म भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज, सरकारले खरिद गरेको १० लाख र तीन लाख ४८ हजार कोभ्याक्स सुविधाअन्तर्गतको गरी कुल २३ लाख ४८ हजार खोप नेपालमा आएको थियो। 

अहिलेसम्म १६ लाख ४४ हजार ५५८ जनाले खोप लगाइसकेका छन्। बाँकी सात लाख डोज खोप बाँकी छ। त्यो खोप पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज लगाउन रािखएको छ।

पहिलो चरणमा साढे चार लाख बढीले मात्रै खोप लगाएका थिए।